सन्दीपलाई सर्वोच्चले विदेश जाने अनुमति नदिएपछि के भन्छन् वकिल ?

सन्दीपलाई सर्वोच्चले विदेश जाने अनुमति नदिएपछि के भन्छन् वकिल ?

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवारका लागि तोकेको छ ।  

शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुष्ट सुनुवाईका लागि आईतवार पेस गर्न निर्देशन दिएको हो । 

सर्वोच्चको आदेशसँगै अब आईतवार मात्रै सन्दीप विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न युएई जाने वा नजाने भन्ने बारेमा टुंगो लाग्ने भएको छ । सर्वोच्चको आजको इजलासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट ७३ नम्बरको निवेदन र विदेश खेल्न जान पाउनपर्ने निवेदनको एकमुष्ट सुनुवाई गर्ने आदेश दिएको बताए । 

उनले एकल मुद्दाको अवस्थालाई हेरेर मात्रै आदेश दिन नमिल्ने भएकाले संयुक्त इजलासमा अन्तिम सुनुवाईका लागि आईतवार तोकिएको बताए । 

उनले भने, ‘सन्दीप लामिछाने एउटा व्यक्तिका साथै राष्ट्रका लागि खेल्ने खेलाडी भएकाले एउटा खेल मैदानबाट अर्को खेल मैदानमा जानको लागि देश फरक परेको हुनाले उच्च आदेशले जुन रोक लगाएको छ, त्यसलाई खोलेर नेपालको ओडिआई स्टाटस जोगाउनका लागि खेल्न पाउनुपर्छ भनेर उच्च अदालतले रोकेको आदेश बदर हुनुपर्छ भनेका थियौँ ।’ 

Skip This
Skip This
Logo