नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको नेताहरूले बताएका छन् ।
मनोनयन दर्ताको अघिल्लो दिन शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् ।































प्रतिक्रिया