सबैले अपार स्नेह र सद्भाव राखेको अनुभुति भएको छ -वरिष्ठ नेता पौडेल

सबैले अपार स्नेह र सद्भाव राखेको अनुभुति भएको छ -वरिष्ठ नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभुति गरेको बताएका छन् ।

उनले संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको पनि बताएका छन् । शनिवार नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको र आफ्नो जिम्मेवारीप्रति सचेत रहेको  बताए । उनले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए । वर्तमान राजनीतिक प्रणालीमाथि खेलवबाँड गर्ने प्रयासहरु भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा अहिले मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु, नेपाली काँग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार, अद्वितिय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौति आएको छ । नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवद्र्धन, नेपाली जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु । र म सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौँ । यो संविधानको रक्षा गरौँ । ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको टुंगो लगाउन सफल भएका छौँ । यसको महत्व बुझौँ । यसको महत्व ज्यादै ठूलो छ । यसमाथि खेलबाँड गर्ने प्रयासहरु नितान्त स्वार्थी प्रयास हुन् । त्यसबाट सबै नेपाली सजग रहनुपर्छ ।’

Skip This
Skip This
Logo