नेपाल समाजवादी पार्टीले कांग्रेस उम्मेदवारलाई मत दिने

नेपाल समाजवादी पार्टीले कांग्रेस उम्मेदवारलाई मत दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ। नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको नेता विश्वदिप पाण्डेले जानकारी दिए।

यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।  नेसपासँग २५४ मतभार छ। नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन्।

Logo