काठमाडौं ।
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेलले नै निरन्तरता पाएका छन् ।
बैंक सञ्चालक समितिले बिहिबारको वैठकले सिइओ पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो । संचालक समिति र सिइओ पौडेलवीच विवाद उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर दुवै पक्षलाई मिल्न दबाव दिएको थियो ।
राष्ट्र बैंकको दबाबपछि बैंक संचालक समितिले सिइओ शर्मालाई निरन्तरता दिने निर्णय गरेको हो । छोटो समयमा सिइओ हटाउने निर्णयले नराम्रो सन्देश जाने भन्दै बैंक संचालक समितिले सिइओ पौडेललाई नै निरन्तरता दिएको हो ।
बैंकका सञ्चालक र सिइओ पौडेलवीच विवाद उत्पन्न भएपछि पौडेललाई ६ बुँदे स्पष्टीकरण समेत सोधेको थियो । बैंकका संचालक ओमकृष्ण जोशीले पौडेलले राजीनामा दिनु पर्ने भन्दै विरोध गरेका थिए ।
सिइओ पौडेलले बैंकलाई स्पष्टीकरण बुझाएपछि सञ्चालक समितिले उनको बारेमा निर्णय गर्न बैठक गरेको थियो । सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले बोर्डमा यस्ता कुरा सामान्य भएको र कार्यकाल पनि केही समय मात्र बाँकी रहेकाले संचालक जोशीलाई बैंक नछाड्न आग्रह गरेका थिए ।





























प्रतिक्रिया