जसपा सांसद सहनाज रहमानको निधन

जसपा सांसद सहनाज रहमानको निधन

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ ।

६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए । त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए । रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन् । उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। अहिले अस्पतालमा सभामुख देवराज घिमिरेलगायत जाँदैछन् ।

Skip This
Skip This
Logo