रियललाई एट्लेटिको मड्रिडले दियाे धक्का

रियललाई एट्लेटिको मड्रिडले दियाे धक्का

केन्द्रबिन्दु
0
Shares

आफ्नै घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा धक्का लागेको छ । 

एन्टोनियो रुडिगरलाई कुहिनाले हिकाएको भन्दै एन्जेल कोरेयाले रातो कार्ड पाएका थिए । तर, लगत्तै होजे गिमिनेजले बर्नेबाउमा एट्लटिकोलाई अप्रत्याशित अग्रता दिलाएका थिए । खेलको ८५ औँ मिनेटमा युवा खेलाडी अल्भारो रोड्रिग्वेजले क्लबका लागि पहिलो गोल गर्दै खेल बराबरी गरे । मड्रिड डर्बीमा गोल गर्ने रोड्रिग्वेज यो शताब्दीकै सबैभन्दा कम उमेरका खेलाडी हुन् । 

बराबरीपछि रियल बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ । २२ खेल खेलेको बार्साको ५९ अंक रहेको छ भने २३ खेलपछि रियलको ५२ अंक छ । एट्लेटिको ४२ अंकसहित लिगको चौथो स्थानमा छ ।

Skip This
Skip This
Logo