काठमाडौंमा पहिलो हिउँदे वर्षा

काठमाडौंमा पहिलो हिउँदे वर्षा

केन्द्रबिन्दु
0
Shares

आइतबार काठमाडौं उपत्यकामा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हाे।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ। यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको  छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Logo