नेपालको दुईपाङ्ग्रे सवारीको बजारमा महत्त्वपूर्ण हिस्सा रहेको बजाज नेपालले आफ्ना ग्राहकका लागि ‘सुनेर होइन, हेरेर मात्र पत्याउँ’ नामक अभियान सुरु गरेको छ।
पछिल्लोसमय बजारमा नक्कली स्पेयर पार्ट्सको कारोबार बढेको भन्दै बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले सो अभियान सुरु गरेको हो ।
यो अभियान अन्तर्गत उपभोक्ताहरुलाई आधिकारिक वर्कशपहरुमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट नै किन्न अभिप्रेरित गरिनेछ । यसले मोटरसाइकल तथा स्कुटरका सक्कली स्पेयर पार्ट्स चिन्न सहज हुने कम्पनीको विश्वास छ ।





























प्रतिक्रिया