सुजुकीकाे चार पांग्रे सवारी साधनको नेपालका लागि वितरक सीजी होल्डिङ्सले आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ ।
काठमाडौंको नक्सालमा अवस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कम्पनीले बजारमा उपलब्ध गराउने विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेन्टका सवारी साधनहरुको बिक्री व्यवस्थापन गर्न ल्याएको सीजी नेक्स्टजेनको अवधारणा अन्तर्गत उक्त शोरुम संचालन हुनेछ ।
सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्स्टजेन च्यानलको बेन्चमार्क पनि हो । ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
सीजी नेक्स्टजेन मार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने बताइएको छ ।
उक्त स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्रान्ड भिटारा, एसक्रस, अर्टिगा, एक्सएल६, डिजायर, इग्निस, बलेनो जस्ता प्रिमियम गाडीहरु खरिद गर्नसक्ने छन् । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराइने छ ।
साे अवसरमा स्मार्ट सिरोजेनिक्सका निर्देशक बिनोद शिरोहियाले भने- “सुजुकी नेपालकै सर्वाधिक बिक्रि हुने अटोमोबाइल ब्रान्ड हो। सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन्। हामीले आफ्नो यो शोरुम बाट सुजुकीका ग्राहकहरु लाई उत्कृष्ट सेवा प्रदान गर्नेछौँ।”































प्रतिक्रिया