काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल सम्पन्न गरेको छ ।
नेपाली औषधि बिक्रेता संघको आयोजना एवं व्यवस्थापनमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुँचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल कार्यक्रम भएको छ । उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका थिए ।
उक्त छलफलमा बोल्दै कोरोना अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लगाए । उनले यसरी भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गरे । सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै सरकारलाई खबरदारी गर्न अपिल गरे ।
कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एनपी साउद, डा. प्रभु बुढाथोकी र नेपाली औषधि बिक्रेता संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।































प्रतिक्रिया