राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।
बैठक सोमबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्न लागेको हो । पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ।
पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।
रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने बुझिएको छ ।































प्रतिक्रिया