चलचित्र बहावको ट्रेलर सार्वजनिक

चलचित्र बहावको ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र बहावको ट्रेलर सार्वजनिक भएको छ । 

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेण्डको ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । 

ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले चलचित्रले सबै किसिमले मनोरञ्जन दिलाउने बताइन् । उनले चलचित्रमा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् । फिल्ममा रिक्स लिएर जोडिएको उनले बताइन् ।  

चलचित्रमा अभिनेत्री पन्तसँगै कमलमणि नेपाल, अफरन अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आगामी चैत्र २४ गतेबाट देशभर प्रदर्शन हुनेछ । 

 

Skip This
Skip This
Logo