स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् ।
ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार केही समय अघि दोस्रो नम्बरमा झरेका मस्क टेस्लाको स्टक मूल्यमा बढोत्तरी भएसँगै पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । मस्कको अहिले कुल सम्पत्ति १८७ दशमव १ विलियन डलर पुगेको छ ।
गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए । उनको सम्पत्ती १८५ दशमलव ३ विलियन डलर रहेको छ ।































प्रतिक्रिया