सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयामा कारोबार भएको थियो ।

Logo