डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान प्रदान

डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान प्रदान

केन्द्रबिन्दु
0
Shares

डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।

काठमाडौंस्थित डाबर नेपालको प्राङ्गणमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष एवं प्रवन्ध निर्देशक इश्वरी राणा, कम्पनीका बिजनेस हेड एचएस बेदीले बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु-याउने उदेश्यले डाबर नेपालले गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई उक्त रकम सहयोग गरेको हो । 

काठमाडौं बाल स्वास्थ्य संस्थानले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ । 

Logo