पीछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्न उभासभामुख रानाकाे माग

पीछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्न उभासभामुख रानाकाे माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पीछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् । 

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपसभामुख रानाले पीडडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरेकी हुन् । 

उनले पीछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरुको प्रतिनिधित्व गराउन बढि जोड दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् । स्थानीय तहको वडामा पनि महिलाहरुको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरुले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताइन् । 

बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताइन् । ५० प्रतिशतभन्दा बढि महिलाहरु रहेको मुलुकमा उनीहरुको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उनको तर्क थियो । 

उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताइन् । 

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पारिन् । उनले महिला जनप्रतिनिधिहरुको काममा अवरोध नपु¥याउन पनि सचेत गराइन्  ।

Skip This
Skip This
Logo