प्रदेश १ को नाम ‘कोशी’ पारित

प्रदेश १ को नाम ‘कोशी’ पारित

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ ले नामको टुंगो लगाएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकले कोशी नाम पारित गरेको हो । 

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम प्रस्ताव भएकाे ‘कोशी’ नामलाई बैठकले पारित गरेको हो ।

कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । जुन संख्या पर्याप्त बन्याे । 

सोही सम्बन्धमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशको नाम ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश हुनुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

Skip This
Skip This
Logo