नेकपा एमालेका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग मत मागेका छन् ।
समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान समावादी अध्यक्ष नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।































प्रतिक्रिया