सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोबिएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

Skip This
Skip This
Logo