भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् ।

बिहीबार दिउँसो रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् । नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।

यसअघि बिहीबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई एमाले नेताहरुले भेटेर मत मागेका थिए । राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् । 
 

Skip This
Skip This
Logo