डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले पाए एक लाख उपहार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले पाए एक लाख उपहार

केन्द्रबिन्दु
0
Shares

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले एक लाख रुपैयाँ जितेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–२ का रामजीप्रसाद अंगाइ र धादिङको गंगा जमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले एक लाख रुपैयाँ जितेका हुन् । 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नेछन् । यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

जसअनुसार डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएक थिए । डिशहोमको तर्फवाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वलन्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ । 

Logo