उपत्यका प्रवेशका नाकामा गरिएको स्वाब परिक्षणमा २४ जनामा कोरोना पोजेटिभ

उपत्यका प्रवेशका नाकामा गरिएको स्वाब परिक्षणमा २४ जनामा कोरोना पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि प्रवेश नाकामै स्वाब परिक्षण शुरु गरेको छ । नाकामा गरिएको स्वाब परिक्षणमा पनि पोजेटिभ रिर्पोट देखिएको छ । यो सँगै गृह मन्त्रालयले बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकामा कुनै पनि सवारी प्रवेश गर्न नपाउने बताएको छ ।

बिहीबार नागढुंगा नाकाबाट काठमाडौं प्रवेश गर्ने दुई हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यसैगरी फर्किङ नाकाबाट काठमाडौं प्रवेश गर्ने ४४१ जनाको नमुना परीक्षणमा १० जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो सँगै भक्तपुरको साँगाबाट उपत्यका प्रवेश गर्दै गरेका ४०३ जनाको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

Skip This
Skip This
Logo