केटीएम तथा हस्कभर्ना मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा डिलरसिप विस्तार गर्ने भएको छ ।
कम्पनीले देशका विभिन्न २२ स्थानमा डिलरसिप आह्वान गरेको हो । जसमध्ये काठमाडौँ उपत्यकामा महाराजगन्ज र पूल्चोकसहित चितवनको टाँडी र पर्सा, नवलपरासीको कावासोती, सूर्खेत, चरिकोट, त्रिशुली, गोर्खा, दमौली, पाल्पा, खाँदवारी, वालिङ, वेशिसहर, वर्दिवास, सिन्धुली, इलाम, फिदिम, चपुर, भोजपुर, अर्घाखाँची र लमहीमा डिलरसिप आह्वान गरिएको हो ।
हाल नेपाली बजारमा केटीएमको ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, आरसी २००, आरसी ३९०, एड्भेन्चर २५० र एड्भेन्चर ३९० लगायत मोडलका मोटरसाइकल उपलब्ध छन् ।































प्रतिक्रिया