टिसिएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टिसिएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

केन्द्रबिन्दु
0
Shares

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। 

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसिबसि लिन सक्ने कम्पनीले जनाएको छ । 

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टिसिएल एसीहरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

Skip This
Skip This
Logo