सहिद स्मारक ‘ए’ डिभिजन लिगः आज तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिगः आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल र एक खेल च्यासल मैदानमा हुनेछ ।

आज च्यासल मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा दिउँसो २ः३० बजे सुरु हुनेछ । यस्तै, लिगमा पहिलो पटक प्रवेश गरेको चर्च ब्वाइज आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता पुलिसको पनि सोही लक्ष्य हुनेछ ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यो सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । ए डिभिजन लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । 

Skip This
Skip This
Logo