कति रह्यो साताभरी सुनचाँदीको मूल्य

कति रह्यो साताभरी सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य सामान्य वृद्धि भएको हो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम छ । यो सातामा आइतार ४०० ले मूल्य घटेको थियो । यस्तै, सोमबार २०० घटेको मूल्य मंगलबार स्थिर थियो । बुधबार एकै दिन ५०० ले बढेको सुनको मूल्य बिहीबार १०० रुपैयाँले बढेको थियो ।  यस्तै, शुक्रबार तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार तोलामा १ हजार २७५ रुपैयाँ कायम चाँदीको मूल्य यो साताको शुक्रबार १ हजार २६५ रुपैयाँ कायम छ ।

Skip This
Skip This
Logo