हिन्दु राज्य माग्दै दुर्गा प्रसाईँ काठमाडौंमा

हिन्दु राज्य माग्दै दुर्गा प्रसाईँ काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन आज काठमाडौंमा  हुँदैछ ।

बानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन् । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत वक्ताहरुले सम्बोधन गर्नेछन् । प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन्। 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवा लगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न हँदै आज  काठमाडौं आईपुगेको हो । 

Logo