सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ

सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ

केन्द्रबिन्दु
0
Shares

 दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् ।

श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन् । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् । रोलक्रम अनुसार अफगानिस्तानबाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिवानी सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो ।

सार्क राष्ट्रको हैसियतमा सबै विदेश मन्त्रालयलाई कुटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कुटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो । सार्क विदेश मन्त्रीहरुको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि विदेशी मन्त्रीस्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बंगलादेशी कुटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो ।  

Logo