संगठनलाई अराजक तवरले चल्न दिँदैनौं -शेखर कोइराला

संगठनलाई अराजक तवरले चल्न दिँदैनौं -शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

 नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी र अराजक तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्।

आइतबार नेपाल विद्यार्थी संघ संस्थापक पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले उक्त कुरा बताएका हुन्। स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै कोइरालाले भने, ‘आफ्नै संगठन भित्र मारपिट हुनु दुःखद कुरा हो। संगठनभित्र अराजकता बढ्यो। मारपिटका दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन्। पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ।’ 

कोइरालाले आफू निकट विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न निर्देशन दिए। उनले भने, ‘पार्टीमा सिरियस कुरा हुन्छ, अराजकता र एकलौटी तवरले संगठनलाई चलाउन दिइँदैन।’ नेविसंघका दुई समूहबीच झडप हुँदै पूर्व कोषाध्यक्ष रिमाल, नेविसंघका नेता हरि आचार्यलाई घाइते भएका थिए ।

Skip This
Skip This
Logo