काठमाडौं ।
यो वर्ष देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आजसम्म देशभर ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
अब विभिन्न जिल्लामा छिटपुट मात्रै रोपाइँ बाँकी रहे पनि अधिकांश ठाउँमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यो वर्ष मनसुन अगाडी नै सुरु भएकाले गत वर्षको भन्दा धेरै रोपाइँ भएको हो ।
प्रदेश नम्बर १ मा ८९ प्रतिशत, प्रदेश २ मा ९९ प्रतिशत, बागमती प्रदेशमा ९० प्रतिशत, गण्डकी प्रदेशमा ९७ प्रतिशत, प्रदेश नम्बर ५ मा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ९८ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, तराई क्षेत्रमा ९७ प्रतिशत, मध्यपहाडमा ९२ प्रतिशत र उच्च पहाडमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यो वर्ष धान धेरै रोपाइँ भएकाले धानको उत्पादन पनि ५ देखि ७ प्रतिशतसम्म बढ्ने सरकारले अनुमान गरेको छ ।































प्रतिक्रिया