पेनाल्टीमा चुके पनि बार्सिलोना जित हात पार्न सफल

पेनाल्टीमा चुके पनि बार्सिलोना जित हात पार्न सफल

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो। स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा राफिन्हा गोल गर्न सफल भएका थिए। ५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ। पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ।

Skip This
Skip This
Logo