आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ ।
खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ । माइपेका अनुसार टिकटको मूल्य १५० रुपैयाँ निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा टिकटको मूल्य १२० रुपैयाँ मात्रै निर्धारण भएको हो ।
खेल आगामी फागुन २५ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदै छ ।
माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए ।
पछिल्ला खेलहरुमा नेपाली क्रिकेट दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपेले जनाएको छ । माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मैदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ ।































प्रतिक्रिया