यू–२० महिला एसियन कप छनोटः नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

यू–२० महिला एसियन कप छनोटः नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । 

नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । केही समयअघि साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ । कप्तान राईले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् । यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरु तयार रहेको गुरुङले बताए ।

समूह ‘बी’ मा यसअघि युएई पनि थियो तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ। पहिलो चरणको छनोटबाट हरेक समूहको विजेता (८ टोली) दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछन् जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली
गोलकिपरः कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्डः गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

Skip This
Skip This
Logo