एनआईसी एशिया क्यापिटल र कुमारी जबबीच आईडिया टू आईपिओ सम्झौता

एनआईसी एशिया क्यापिटल र कुमारी जबबीच आईडिया टू आईपिओ सम्झौता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटल लिमिटेड र कुमारी जब प्रालिबीच आईडिया टू आईपिओ सेवा उपलब्ध गराउनेसम्बन्धी दुईपक्षिय सम्झौता भएको छ ।

यस सम्झौताअन्तर्गत क्यापिटलले कुमारी जब प्रालिलाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेण्टबाट कम्पनीलाई आवश्यक फण्डको व्यवस्था गरिदिनेसहित कुमारी जब प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपिओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नेछ ।  

क्यापिटलले आईडिया टू आईपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Skip This
Skip This
Logo