पर्यटन उद्यमी अभिषेक विक्रम शाह नेपाल सम्मान -२०७९ बाट सम्मानित भएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित गरेका हुन् ।
सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह बहुचर्चित चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक हुन् । दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध उनी यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।





























प्रतिक्रिया