सुनको मूल्य लाख नजिक, आज पनि ५ सयले बढ्यो

सुनको मूल्य लाख नजिक, आज पनि ५ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ५ सयले बढ्दै ९९ हजारमा कारोबार भइरहेको छ ।

यस हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । आज ५ सयले बढेर सुन प्रतितोला १ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५६० कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Skip This
Skip This
Logo