नारी दिवसमा आइएमई अटोमोटिभ्सले सुरु गर्‍यो महिला सशक्तिकरणका लागी निशुल्क तालिम

नारी दिवसमा आइएमई अटोमोटिभ्सले सुरु गर्‍यो महिला सशक्तिकरणका लागी निशुल्क तालिम

केन्द्रबिन्दु
0
Shares

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले महिला सशक्तिकरणका लागी निशुल्क तालिम दिन सुरु गरेकाे छ । 

अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले महिला सशक्तिकरणका लागी यस नयाँ अभियानको सुरु गरेको हो । सुरुवातमा १५ जना महिलालाई निशुल्क तालिम प्रदान गरिने छ, जसले व्याक हो लोडर चलाउने सीप हासिल गर्न र सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्नेछ । तालिम सवै उमेर र पृष्ठभूमिका महिलाका लागी खुल्ला गरिएको छ । 

तालिम सम्पन्न भएपछि सहभागीहरुले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रमाणपत्र प्राप्त महिलाले सम्वन्धित क्षेत्रमा रोजगारी पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।  

Skip This
Skip This
Logo