काठमाडौं ।
विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ६ लाख ७० हजार १५२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जानकारी दिएको छ । सो सङ्गठनका अनुसार विश्वभरीमा एक करोड ७१ लाख ८४ हजार ७७० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ६ लाख ९६ हजार ६०४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १८ हजार १४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १३० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।
दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५६२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १२ हजार ६४४ जनाको मृत्यु भएको छ ।
युरोपमा २८ लाख २४ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ ।
एशियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ४७२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ७८ हजार ८१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५६६ जनाको मृत्यु भएको छ ।
ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९८ जनाको मृत्यु भएको छ ।































प्रतिक्रिया