युरोपा लिगः म्यानचेस्टर युनाइटेडको सानदार जित

युरोपा लिगः म्यानचेस्टर युनाइटेडको सानदार जित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल बेटिसमाथि सानदार जित निकालेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को सानदार जित निकालेको हो। युनाइटेडलाई जिताउन मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले १–१ गोल गरे।

रियल बेटिसका एयोजी पेरेजले सान्तवना गोल फर्काए । खेलको छैटौं मिनेटमा रासफर्डले गोल गर्दै खेलमा युनाइटेडले सुरूआती अग्रता लियो। ३२ औं मिनेटमा बेटिसका एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमै १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा एक पक्षीय खेल प्रदर्शन गर्दै थप तीन गोल गर्‍यो। ५२औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ५८औं मिनेटमा ब्रुनोले लुका साको पासमा गोल गर्दै टोलीलाई ३–१ को अग्रतासहित सहज जिततर्फ अगाडि बढाए ।

त्यसपछि ८२औं मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए। यो जितसँगै युनाइटेडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

Skip This
Skip This
Logo