आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पीएनजी) र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान साढे ९ बजेबाट त्रिवि क्रिकेट मैदान काठमाडौंमा सुरू हुनेछ।
सिरिजको पहिलो खेलमा पीएनजी घरेलु टोली नेपालसँग ५२ रनले पराजित थियो। आज (शुक्रबार) पीएनजी यूएईमाथि जित दर्ता गर्दै खेलमा फर्कने लक्ष्यमा हुनेछ। यी दुईबीच दुई सातामा यो तेस्रो भेट हो।
लिग–२ अन्तर्गत घरेलु टोली यूएईविरुद्धको दुवै खेलमा पीएनजी विजयी भएको थियो। तर पीएनजीको विश्वकप छनोट र एक दिवसीय मान्यताले निरन्तरता पाउने सम्भावना भने सकिसकेको छ।
तालिकाको पुछारमा रहेको पीएनजीको मात्रै ९ अंक छ। छैटौं स्थानमा रहेको यूएईको विश्वकपको ग्लोबल क्वालिफायरमा सीधैं छनोट हुने सम्भावना लगभग सकिए पनि शीर्ष पाँचमा रहने सम्भावना बाँकी नै छ।
घरेलु मैदानमा खेलेका ४ मध्ये एक खेलमा जित हात पारेको युएई नेपालमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ।





























प्रतिक्रिया