गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने रुपमा राष्ट्रपति पौडेलले काम गर्नुहुन्न -मिनेन्द्र रिजाल

गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने रुपमा राष्ट्रपति पौडेलले काम गर्नुहुन्न -मिनेन्द्र रिजाल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन् । 

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन् । उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे । 

शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रिजालले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाई छ । 

‘६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसो उहाँले गर्नुहुने छैन । तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरुलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भुमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भुमिका उहाँले गर्ने होइन । त्यो भुमिका पार्टीले गर्छ ।’ उनले भने ।  

नेता रिजालले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए । पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने उनले स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उनले विश्वास व्यक्त गरे । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिए । उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताए । 

माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने नेता रिजालले बताए । उनले प्रधानमन्त्री दाहाल काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पारे । 

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए । दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली काँग्रेसले बोक्न नसक्ने उनले चेतावनी दिए । 

Skip This
Skip This
Logo