कालीकोटमा बाढी पहिरो : १० जनाको मृत्यु, ७ बेपत्ता

कालीकोटमा बाढी पहिरो : १० जनाको मृत्यु, ७ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

कालीकोट ।

बाढीपहिरोका कारण कालीकोटमा १० जनाको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । नरहरिनाथ गाउँपालिका–७ बागामा मंगलबार राति पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको छ।

स्थानीय गंगे बुढासहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, बुहारी २४ वर्षीया उषा बुढा, १८ वर्षीया विमला बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरू सात वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार पहिरोमा परी गम्भीर घाइते भएकी विमलाको उपचारका क्रममा मृत्यु भएको हो।

नरहरिनाथकै गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ। त्यसक्रममा बले र उनकी पत्नी मना बुढाको ज्यान गएको छ। त्यस्तै, रास्कोट नगरपालिका–१ चोक्टेबगरमा टेके टमटाको घर बगाउँदा सान्नीत्रिवेणी–७ की केश्पुरा शाहीको मृत्यु भएको छ। रास्कोट–१ कै जयबहादुर शाहीको घर बगाउँदा उनीसहित छोरीहरू संगीता, अस्मिता, कौसी र छोरा नवीन शाही बेपत्ता भएका छन्।

त्यस्तै तिलागुफा नगरपालिका–८ का टाकुल्ला खोलाको बाढीले बगाएर अविसरा शाही बेपत्ता भएकी छन् । खाँडाचक्र नगरपालिका–५ की शाही छोरी भेटेर घर फर्किंदै गर्दा बाढीमा परेकी हुन् । खुलालुमा साउन १२ गते गएको पहिरोमा परी नरहरिनाथ गाउँपालिका–८ का पारस भण्डारी पनि बेपत्ता भएका छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सान्नीत्रिवेणी गाउँपालिका–२ मा पहिरो खस्दा एक घर पुरिएको छ। बाँकी ८ घर जोखिममा परेका छन्। मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। सान्नीत्रिवेणी–७ क्युरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ। स्थानीय मनराज सिम्खडाका अनुसार गाउँको दुवैतिर पहिरो गएको छ। गाउँ बीचमा परेको छ। यस्तै पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरका दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा सवारी आवागमनसमेत अवरुद्ध भएको छ। अन्नपूर्णबाट

Skip This
Skip This
Logo