जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोली) थाहा हुने बताएकी छन् ।
शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार यादवले जनता समाजवादी पार्टीको तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आईतवार(भोलि) थाहा हुने बताएकी हुन् । उनले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको बताइन् ।
आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परेपनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाई छ ।
उम्मेदवार यादवले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया