युएईविरुद्ध नेपाल अलआउट, रोहितको कीर्तिमानी अर्धशतक

युएईविरुद्ध नेपाल अलआउट, रोहितको कीर्तिमानी अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । उनले ११२ बलमा ७७ रन जोडे । 

योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र र आसिफले ओडिआईमा ७/७ अर्धशतक प्रहार गरेका छन् । 

May be an image of 5 people, people standing and outdoorsत्यस्तै, आरिफ शेखले ४३ रन बनाए भने फिनिसिङमा दीपेन्द्रसींह ऐरी र गुल्सान झाले उत्कृष्ट प्रदर्शन गरे । गुल्सानले ३ छक्कासहित ३७ रन जोडे भने दीपेन्द्रले ३४ रन बनाए ।  साथै भीम सार्कीले २९ रन जोडे । आज आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल सस्तैमा आउट भएका थिए । 

बलिङतर्फ युएईका रोहन मुस्तफा, जाहुर खान, जवर फरिद र आयन खानले समान २/२ विकेट लिए । 

Skip This
Skip This
Logo