युएईमाथि नेपालको सानदार जित, जोगायो ओडीआई मान्यता

युएईमाथि नेपालको सानदार जित, जोगायो ओडीआई मान्यता

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित हात पारेको हो । 

योसँगै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । 

टीयु क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको विजयी लक्ष्य पछ्याएका युएई २२.५ ओभरमा अलआउट हुँदै ७१ रनमै समेटिएको हो । युएईका लागि आयान अज्फल खानले सर्वाधिक २९ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ नेपालका स्पिनर ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । करण केसीलाई आज बेञ्चमा राखेर उनलाई टोलीमा समावेश गरिएको थियो । त्यस्तै, स्पीनर सन्दीप लामिछानेले २ विकेट तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्सान झाले समान एकएक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । उनले ११२ बलमा ७७ रन जोडे । 

योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र र आसिफले ओडिआईमा ७/७ अर्धशतक प्रहार गरेका छन् । 

त्यस्तै, आरिफ शेखले ४३ रन बनाए भने फिनिसिङमा दीपेन्द्रसींह ऐरी र गुल्सान झाले उत्कृष्ट प्रदर्शन गरे । गुल्सानले ३ छक्कासहित ३७ रन जोडे भने दीपेन्द्रले ३४ रन बनाए ।  साथै भीम सार्कीले २९ रन जोडे । 

बलिङतर्फ युएईका रोहन मुस्तफा, जाहुर खान, जवर फरिद र आयन खानले समान २/२ विकेट लिए । 

जितसँगै नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौँ स्थानमा झरेको छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नेपालले ओडिआई मान्यता जोगाउँदा युएईले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर पनि गुमाएको छ । युएई अव प्लेअफमा शीर्ष चारमा पर्न सकेमात्रै ओडिआई मान्यता प्राप्त गर्नेछ ।

Skip This
Skip This
Logo