नवनिर्वाचित राष्ट्रपति पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइको तयारीमा शितलनिवास

नवनिर्वाचित राष्ट्रपति पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइको तयारीमा शितलनिवास

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको तयारीमा राष्ट्रपति कार्यालय शितलनिवास ब्यास्त छ । 

सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथलगत्तै राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको आसन सुम्पने छन् । नयाँ राष्ट्रपति पौडेलले पदभार सम्हालेपछि आजै दिउँसो भण्डारी निवास सर्ने कार्यक्रम छ। 

भण्डारी सर्नका लागि बूढानिलकण्ठस्थित घर मर्मतको काम भइरहेको छ। २०७२ सालको भूकम्पमा भण्डारीको घरमा क्षति पुगेको थियो। घर मर्मतको काम नसकेसम्म भण्डारी छोरीको घरमा सर्न सक्ने पनि बताइएको छ।

नयाँ राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू शितल निवास पुगेका थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन्। शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएको भन्दै बधाई दिएका थिए। 

राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार सकिएको हो। २०७४ साल फागुन २९ गते उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।
 

Skip This
Skip This
Logo