प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता

प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । 

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका सांसद रामसहायक यादवलाई समर्थन गर्दै यादवले उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न  पनि सबैलाई आग्रह गरेका छन् । 

‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । 

यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Skip This
Skip This
Logo