चितवनको उपनिर्वाचनमा जनमोर्चाको जनकराजलाई उम्मेदवार बनाउने निर्णय

चितवनको उपनिर्वाचनमा जनमोर्चाको जनकराजलाई उम्मेदवार बनाउने निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चा पार्टीले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुटवलमा फागुन २७ र २८ गते बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि निर्वाचन आयोगले आगामी २०८० साल वैशाख १० गते चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

 

Logo