बिकास बैंकहरुले घटाए ब्याजदर, चैत १ गतेदेखि लागू हुने

बिकास बैंकहरुले घटाए ब्याजदर, चैत १ गतेदेखि लागू हुने

केन्द्रबिन्दु
0
Shares

वर्तमान अवस्थालाईलाई ध्यानमा राखी अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा गरेका छन् । 

डेभलपमेन्ट बैंकर्स एसोसिएशनले सोमवार बसेको बैठकमा चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । 

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । 

Skip This
Skip This
Logo